यी हुन एमालेले नेतृत्व नै त्यागेर गठबन्धन गरेका ५२ पालिका (सूची)

यी हुन एमालेले नेतृत्व नै त्यागेर गठबन्धन गरेका ५२ पालिका (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यहि ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी उम्मेदवार उठाएको छ । एमालेले पाँच दलीय सत्ता गठबन्धसँग प्रतिस्पर्धा गर्दैछ । तर कुनै पनि दलहरुले देशभर एकल प्रतिस्पर्धामा भाग लिएका छैनन् ।

एमालेले २३ वटा प्रमुख र ३६ वटा पालिकामा उपप्रमुख छोडेर अन्य दलसँग चुनावी तालमेल गरेको छ । त्यस्तै ४० भन्दा बढी पालिकामा अध्यक्ष–उपाध्यक्ष दुवै एमाले उम्मेदवार उठाएर केही वडाअध्यक्ष तालमेल गरेको पार्टीलाई दिएर पनि एमालेले गठबन्धन गरेको छ ।

गठबन्धनले केन्द्रबाट नै औपचारिक निर्णय  गरेर पाँच दलभित्र गठबन्धन गर्ने दबाब दिने काम गरिएको छ । त्यसमा स्थानीय तहका नेता कार्यकर्ता सन्तुष्ट छैनन् । त्यसैले अधिकांशमा ठाउँमा सत्ता साझेदार पाँच दलबीच तालमेल भएको छैन ।

यता एमालेले स्थानीय स्तरमा आफ्नो उपस्थितिलाई हेरेर र सत्ता गठबन्धनका दलमा देखिएको असन्तुष्टिलाई हेरेर देशभरका करिब एक सय पालिकामा तालमेल गरेको छ ।

तालमेल गरेका स्थानीय तहमध्ये एमालेले ३२ वटा पालिमा अध्यक्ष वा प्रमुख आफ्नो पार्टी र उपाध्यक्ष वा उपप्रमुखमा तालमेलमा आएको अर्को पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ ।

त्यस्तै २० वटा पालिकामा तालमेल गरेको पार्टीका उम्मेदवारलाई अध्यक्षमा वा प्रमुखमा समर्थन गरेर र उपाध्यक्ष वा उपप्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ ।

एमालेले ५२ पालिकामा प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष नै छोडेर तालमेल गरेकाे छ । कतिपय पालिकामा दुवै पद नलिइ र कतिपयमा दुवै पद लिएर पनि तालमेल गरेको छ ।

एमालेले प्रमुख वा उपपप्रमुख छोडेर तालमेल गरेका स्थानीय तहहरू :

एमालेले सत्ता गठबन्धनभित्रका कांग्रेस र माओवादीसँग समेत तालमेल गरेको छ । एमालेले झापामा कांग्रेस र राप्रपासँग तालमेल गरेको छ । तराईका कतिपय जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोसपा, तनहुँमा कांग्रेसको असन्तुष्ट गोविन्दराज जोसी समूह, भरतपुरमा राप्रपा, गुल्मी, प्युठान, सिन्धुपाल्चोकलगायतका जिल्लामा नेकपा माओवादी केन्द्र, रुकुम रोल्पामा कांग्रेसलगायतका दलहरूसँग एमालेले तालमेल गरेको छ ।

एमाले दुई महानगरपालिकामा समेत तालमेल गरेको छ । भरतपूरमा राप्रपाको उपप्रमुखलाई समर्थन गरेर तालमेल गरेको छ । यो पालिकामा एमालेकोतर्फबाट प्रमुखमा विजय सुवेदी उममेदवार छन् । त्यस्तै वीरगञ्ज महानगरपालिकामा एमालेको तर्फबाट वीजयकुमार सारवगी प्रमुखमा र लोसपाको तर्फबाट पुरूषोत्तमलाल झा उपप्रमुखका उम्मेदवार छन् ।

एमालेबाट अध्यक्ष वा प्रमुख भएका स्थानीय तह
मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा
मेरिङदेन गाउँपालिका, ताप्लेजुंग
सिदिङ्वा गाउँपालिका, ताप्लेजुंग
फिदिम नगरपालिका, पाँचथर
दुहवी नगरपालिका, सुनसरी
मिथिला बिहारी नगरपालिका, धनुषा
वीरगञ्ज महानगरपालिका,पर्सा
भरतपुर महानगरपालिका, चितवन
माडी नगरपालिका, चितवन
वैतेश्वर गाउँपालिका,दोलखा
किस्पाङ गाउँपालिका, नुवाकोट
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
मरिण गाउँपालिका, सिन्धुली
ऋषिङ्ग गाउँपालिका, तनहुँ
बन्दिपुर गाउँपालिका, तनहुँ
भानु नगरपालिका, तनहुँ
गैडाकोट नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
तमानखोला गाउँपालिका, बागलुङ
बागलुङ नगरपालिका, बागलुङ
मनाङ ङिस्याङ गाउँपालिका, मनाङ्ग
झिमरुक गाउँपालिका, प्यूठान
माडी गाउँपालिका, रोल्पा
शे फोक्सुन्डो गाउँपालिका, डोल्पा
बनगाड कुपिण्डे नगरपालिका, सल्यान
अदानचुली गाउँपालिका, हुम्ला
खार्पुनाथ गाउँपालिका, हुम्ला
मेल्लेख गाउँपालिका, अछाम
अजयमेरु गाउँपालिका, डडेलधुरा
भागेश्वर गाउँपालिका, डडेलधुरा
त्रिवेणी नगरपालिका, बाजुरा
बुढीनन्दा नगरपालिका, बाजुरा
सुर्नया गाउँपालिका, बैतडी

उपाध्यक्ष वा उपपप्रमुख भएको स्थानीय तह
कचनकवल गाउँपालिका, झापा
व्यास नगरपालिका, तनहुँ
नार्पा भूमि गाउँपालिका, मनाङ्
धुर्कोट गाउँपालिका, गुल्मी
पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
भूमे गाउँपालिका, रुकुम पूर्व
सिस्ने गाउँपालिका,कुम पूर्व
पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
परिवर्तन गाउँपालिका, रोल्पा
तिलागुफा नगरपालिका, कालिकोट
महावै गाउँपालिका, कालिकोट
छार्का ताङसोङ गाउँपालिका, डोल्पा
चौरजहारी नगरपालिका, रुकुम पश्चिम
मुसिकोट नगरपालिका, रुकुम पश्चिम
सानीभेरी गाउँपालिका, रुकुम पश्चिम
कुमाख गाउँपालिका, सल्यान
नाम्खा गाउँपालिका, हुम्ला
अमरगढी नगरपालिका, डडेलधुरा
गन्यापधुरा गाउँपालिका, डडेलधुरा
नवदुर्गा गाउँपालिका, डडेलधुरा