काठमाण्डु – चितवनमा जारी नेकपा एमालेको महाधिवेशनमा पाँच जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार उनीहरुको नाम प्रस्ताव गरेका थिए ।
मनोनयनको म्याद सकिँदासमेत पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा कसैको उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत चयन हुने भएको निर्वाचन स्रोतले जानकारी दियो । यद्यपी आयोगले औपचारिक घोषणा भने गर्न बाँकी छ । त्यस्तै अन्य १४ पदमा भने निर्वाचन हुने भएको छ ।




प्रतिक्रिया