एमाले र परिवार दलबीच चुनावी तालमेलको ५ बुँदे सहमति

एमाले र परिवार दलबीच चुनावी तालमेलको ५ बुँदे सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले र परिवार दलबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । बुधबार एमाले पार्टी कार्यालय थापाथलीमा शिर्ष नेताहरुको उपस्थितीमा आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको हो ।

एमालेका तर्फबाट स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट सन्तोषकुमार पौडेलले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आज भएको पाँच बुँदे सहमति अनुसार तालमेल सम्भव भएको पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, परिवार दलले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

यस्तै एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्ध निर्णय गर्ने, परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि परिवार दलमै आबद्ध रहने सहमति पनि भएको छ ।

यस्तै आजै कमल थापा नेतृत्वको राप्रपा नेपाल र एमालेबीच पनि चुनावी तालमेल गर्ने सहमति भएको छ । राप्रपा नेपालले चुनाव चिह्न सूर्यबाट नै निर्वाचन लड्ने सहमति भएको छ ।