एमालेले पोखराको उपमेयर टिकट दिएकी मञ्जुदेवीले गरिन् उम्मेदवार बन्न अस्वीकार

एमालेले पोखराको उपमेयर टिकट दिएकी मञ्जुदेवीले गरिन् उम्मेदवार बन्न अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पोखरा महानगरको उपमेयरमा प्रस्ताव गरेको मञ्जुदेवी गुरूङले उम्मेदवार बन्न अस्वीकार गरेकी छन् ।

एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले पोखराको उपमेयरमा गुरूङलाई फेरि उठाउने निर्णय गरेको थियो । तर, पार्टीले आफूसँग सल्लाह नै नलिई उपमेयरको उम्मेदवार बनाएको भन्दै उनले उम्मेदवार नबन्ने बताएकी हुन् । केन्द्रीय सदस्य समेत रहेकी उनी पोखराको बहालवाला उपमेयर हुन् ।

यसअघि उनले मेयरमा उठ्न चाहेको चर्चा चलेको थियो । तर उनले आफु कुनै पनि पदमा उठ्ने दौडमा नरहेको बताइन् । ‘पार्टीले मलाई सोध्दै नसोधी उपमेयरमा उठाउने भनेर निर्णय आएछ । म मेयर, उपमेयर उठ्ने दौडमै छैन, म अब उठ्दिन,’ उनले भनिन् ।

पोखरा महानगरमा एमालेबाट मेयरमा १२ जना र उपमेयरमा ११ जना आकांक्षी थिए । मेयरमा दाबेदारी पेश गरेका दीपक पौडेललाई उठाउने निर्णय गरेको एमालेले उपमेयरमा भने दाबी नै पेश नगरेकी गुरूङलाई टिकट दिने निर्णय गरेको थियो ।

पोखरामा मेयर उम्मेदवारका विषयमा एमाले कास्कीमा गुरूङले टिकट पाउने सम्भावना रहेको कार्यकर्ताले बताउँदै आएका थिए । मेयरको टिकट नपाएका कारण उपमेयरमा फेरि दोहोरिन नचाहेको उनी निकट कार्यकर्ताहरूको भनाइ छ ।