एमालेबाट पोखरामा मेयर-उपमेयरले गराए मनोनयन दर्ता

एमालेबाट पोखरामा मेयर-उपमेयरले गराए मनोनयन दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गराएका छन् । पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन् । एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार बनाएको हो ।

यसअघि दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनी ‘सुन चोरी काण्ड’मा परेका व्यक्ति भन्दै विवाद भएपछि थापालाई उम्मेदार बनाएको हो । थापाले प्रदेश सभाबाट राजीनामा दिएर मनोनयन दिएका हुन् । ‘आकांक्षी धेरै भएपछि मैले छोडेको थिएँ । अहिले पार्टीले आवश्यकता महसुस गर्यो र उम्मेदवार बनायो,’ उपमेयरकी उम्मेदवार गुरुङले भनिन्, ‘केही गर्न बाँकी छ । यो कार्यकालमा पूरा गर्छु ।’ गुरुङ यसअघि नउठ्ने बताएकी थिइन् ।

मेयर उम्मेदवार थापा २५ वर्षपछि पोखरामा फर्किन पाएकोमा खुशी व्यक्त गरे । ‘म हिजो टिकट नपाउँदा पनि विरोधमा थिइन । आज अरु पनि हुनुहुन्न्,’ उनले भने, ‘फेरि टिकट पाएँ खुशी छु ।’