काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच स्थानीय चुनावी तालमेल गर्ने सहमति भएको छ ।
बुधबार एमाले पार्टी कार्यालय थापाथलीमा शीर्ष नेताहरूको उपस्थितिमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने अध्यक्ष थापाले जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायत सहभागी थिए ।





प्रतिक्रिया