काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभाको बैठक बहिष्कार गरेको छ । बजेटसम्बन्धी विधेयकमा सांसदले उठाएका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई एमालेका सांसदले बहिष्कार गरेका हुन् ।
यसअघि पनि प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्रीले जवाफ दिने समयमा बैठक बहिष्कार गरेको थियो ।बजेटमाथि सबैभन्दा बढी प्रश्न एमालेले नै उठाउने र जवाफ दिनेबेला बैठक बहिष्कार गर्ने अभ्यास गर्दै आएको छ ।
अर्थमन्त्रीले राजस्वका दर परिवर्तनमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रयोग गरेको र करका दर परिवर्तनले निश्चित घरानालाई फाइदा पुगेको भन्दै एमालेले प्रश्न उठाइरहेको छ । यसबाहेक बजेटका प्रावधानमा पनि थुप्रै प्रश्न उठाए पनि जवाफ दिने क्रममा भने दुबै सदनमा एमालेले अर्थमन्त्री बोल्ने बेलामा बैठक नै छोडेर हिड्ने गरेको छ ।




प्रतिक्रिया