एमालेले ३२ सांसदलाई पदबाट हटाउँदै, को–को परे ? (सूचीसहित)

एमालेले ३२ सांसदलाई पदबाट हटाउँदै, को–को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ । एमालेले संघीय संसदका २७ जना र कर्णाली प्रदेशका पाँच जनासहित ३२ जना सांसदहरुलाई सांसद पदबाट हटाउने तयारी थालेको हो ।

श्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र आज वितरण गर्दैछ ।

‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची गए राति तयार भएको छ’ स्रोतले भन्यो, ‘चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’

यस्तो छ नेकपा एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावलीः

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली