सिरहा – जिल्लाको सिरहा नगरपालिकाका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार जिवयी भएका छन् । नगरपालिका प्रमुखमा सहिद हेमनारायण यादवका छोरा डा. नविन यादव विजयी भएका छन् ।
उनले ११ हजार १४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन् । उपेन्द्र सिरहाका पूर्वउपमेयर हुन् ।
सिरहाका निवर्तमान मेयर तथा जसपाका उम्मेदवार अशेश्वर यादव तेस्रो स्थानमा सीमित बने । उनले ७ हजार ७५२ मत पाए । उपप्रमुखमा एमालेकै वविताकुमारी साह विजयी भएकी छन् ।
उनले १० हजार १२६ मत ल्याइन् भने उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता यादव ८ हजार ५७७ मत ल्याइन् ।




प्रतिक्रिया