कांग्रेसको गढ भत्काउँदै सुर्खेतको चिंगाडमा एमालेका जिसी विजयी

कांग्रेसको गढ भत्काउँदै सुर्खेतको चिंगाडमा एमालेका जिसी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसको गढ मानिने चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन् ।

चिंगाडमा कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् । यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित भइन् ।

य पालिकाको वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ । चिंगाड नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र पनि हो ।