एमाले कर्णाली प्रदेश अध्यक्षले बनाए श्रीमतीलाई ठाटीकाँध अध्यक्षको उम्मेदवार

एमाले कर्णाली प्रदेश अध्यक्षले बनाए श्रीमतीलाई ठाटीकाँध अध्यक्षको उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले दैलेखको ठाटीकाँधको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएका छन् । शाहले उक्त गाउँपालिकामा आफ्नी श्रीमतीलाई उम्मेदवार बनाएका हुन् ।

कार्यकर्ताले लक्ष्मीदेवी शाह बाहेक अन्यको बिकल्प खोज्नुपर्छ भन्दा पनि दुईदिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकबाट शाहले आफ्नो श्रीमती शाहलाई अध्यक्षमा उम्मेदवार बनाएका हुन् । यस्तै, एमालेले उपाध्यक्षमा देवीराम बडुवाललाई उम्मेदवार बनाएको छ ।

यसअघि एमालेबाट ठाटीकाँधको अध्यक्षमा ६ जनाले दाबी गरेका थिए । तर, एमाले प्रदेश अध्यक्ष शाहको जोडबलमा उनकी श्रीमतीलाई अध्यक्ष बनाउने निर्णय भएको एमाले नेताहरुको आरोप छ । पालिकामा उम्मेदवारको सिफारिस हुन नसकेपछि ६ जनै आकाङ्क्षीहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा जम्मा भएका थिए ।