काठमाण्डु – भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका निशान ढुंगेलले १३, २३२ मतसहित पराजित भए ।
त्यस्तै उपमेयरकी एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिनाले १४, ४९० मत पाइन् । नेकपा एसका श्याम सुन्दर बस्नेतले ६, ६६१ ल्याएका छन् ।




प्रतिक्रिया