काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति व्यंग्य गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको बताएका छन् ।
‘एमालेविरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन,’ उनले भनेका छन् ।
पछिल्लोपटक प्रायः सबै प्रदेशमा मन्त्रालय फुटाएर सत्ता गठबन्धनमा भाग पुर्याउन १३ वटासम्म मन्त्रालय बनाइएको छ ।
आइतवार मात्रै प्रदेश १ सरकारले सातवटा मन्त्रालय फुटाएर १२ बनाउने निर्णय गरेको थियो । गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तारमा कठिनाइ भएपछि मन्त्रालय फुटाएका हुन् ।




प्रतिक्रिया