एमाले सचिवालयको बैठक बस्दै, उम्मेदवारको छनोट र घोषणात्रबारे छलफल हुने

एमाले सचिवालयको बैठक बस्दै, उम्मेदवारको छनोट र घोषणात्रबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार आज साँझ साढे ६ बजेका लागि बोलाइएको हो ।

बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवारको छनोट प्रक्रिया र घोषणात्रबारे छलफल हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

एमालेले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका लागि हरेक पालिकाका लागि दुई दुई जनालाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण प्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६ गते अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गरेका थिए । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरिएकोे छ ।