पोखरा विश्वविद्यालयको स्वास्थ्य संकायको डिनमा डा. अमर नागिला नियुक्त

पोखरा विश्वविद्यालयको स्वास्थ्य संकायको डिनमा डा. अमर नागिला नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् । विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा. नागिलालाई डिन नियुक्त गरेको हो ।

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापकसमेत रहेका डा. नागिला  लाइफकेयर डाइग्नोस्टिक ल्याबका सञ्चालक हुन् ।

स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिलासहित कार्यकारी परिषद्ले मानविकी तथा समाजशास्त्र संकायको डिनमा डा. अजय थापा र विज्ञान तथा प्रविधि संकाय डिनमा डा. रमेशकुमार ठगुराठीलाई नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।