काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेट भएको छ । बुधबार नेपाल निवास कोटेश्वर पुगेर चेनले शिष्टाचार भेट गरेका हुन्।
नेपालमा राष्ट्रपति चुनाव नजिकिएसँगै चीन, भारत र अमेरिकाका कुटनीतिज्ञहरुको दौडधुप बाक्लिएको छ। बुधबार नै चिनियाँ राजदूत चेनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमै भेटवार्ता गरेका थिए।
राष्ट्रपति उम्मेदवारको रुपमा अध्यक्ष नेपालको पनि चर्चा भइरहेको सन्दर्भमा चिनियाँ राजदूतले उनलाई भेटेका हुन्।




प्रतिक्रिया