अमेरिकी राजदूत थमसन र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत थमसनबीच भेटवार्ता भएको छ । बुधवार राजदूत थमसन र अध्यक्ष लिङ्देनबीच दिउँसो राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा बिजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिए ।

साथै भेटमा क्रममा समसामयिक विषय र दुई देशबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटमा नेपालस्थित अमेरिकी दूतावासका डिसिएम र कन्सुलर पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement