प्रधानसेनापति शर्मा र यूएईका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र यूएईका राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र यूएईका राजदूत  सईद हमदान अल नाक्बीबीच शिष्टाचार भेटवार्ता भएको छ । साेमबार प्रधानसेनापति शर्मा र राजदूत नाक्बीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हाे ।

 प्रधानसेनापति शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।