राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गरेका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति थियो ।