काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन देशका राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
जसमा संयुक्त अरब इमिरेट्सका आवासीय राजदूत अब्दुल्ला सइद मुवारक जर्वान अलास्मी, संयुक्त गणतन्त्र ताञ्जानियाका गैरआवासीय राजदूत अनिसा कपुफी एमबेगा र गणतन्त्र सर्वियाका गैरआवासीय राजदूत सिनिसा पाभिक रहेका राष्ट्रपति कार्यालयले जनाएको छ।




प्रतिक्रिया