गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उनीहरूले सो प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेमा गैह्रआवासीय राजदूतहरु नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।