राजदूत पौडेललाई चीनबाट फिर्ता बोलाउने सरकारको निर्णय

राजदूत पौडेललाई चीनबाट फिर्ता बोलाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाइने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिने निर्णय गरेको छ। पौडेल २०७३ कात्तिकदेखि चीनका लागि राजदूत थिए।

त्यसअघि ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको थियो। तर, सरकार परिवर्तन भएपछि पुष्पकमल दाहाल प्रचण्ड सरकारले सो सिफारिस रद्द गर्दै पौडेललाई सिफारिस गरेको थिए।