भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  भारतका लागि नेपाली राजदूतमा डा. शंकर प्रसाद शर्मा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।