राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासी राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले स्वीडेन,कोलम्बिया र पपुवा न्युगिनी (पीएनजी) का लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई पपुवा न्युगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत प्रा.डा. राम स्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूतको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।