क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त

क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनले भरतराज पौडेललाई क्यानाडाका लागि र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री भरतराज पौडेललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र श्री शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’