मिडिया काउन्सिल विधेयकप्रति अमेरिकाको चासो, राजदूतले भने-म चिन्तित छु

मिडिया काउन्सिल विधेयकप्रति अमेरिकाको चासो, राजदूतले भने-म चिन्तित छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति अमेरिकी राजदूत ऱ्याडी डब्लु बेरीले चासो व्यक्त गरेका छन्।

सञ्चारत तथा सूचना प्रविधि मन्त्रालयले संसदमा दर्ता गराएका विधेयकमा पत्रकारलाई जरिवाना गराउनेसम्मका व्यवस्था उल्लेख भएकोप्रति पत्रकार महासंघसहितले विरोध गरिरहदा राजदूत बेरीले सूचनाको स्वतन्त्र प्रवाह रोक्ने कानुन, नियम र कार्यदेखि चिन्तित रहेको जनाएका छन्।

उनले ट्वीट गर्दै नेपालका नेताहरुले आफूसँग लोकतान्त्रिक स्वतन्त्रताको पक्षमा अटल रहेको प्रतिबद्धता जनाउने गरेको उल्लेख गरेका छन्। उनले अगाडि भनेका छन्, ‘प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत हक हो। म त्यस्ता कार्य, कानुन र नियमले चिन्तित छु जसले सूचनाको स्वतन्त्र प्रवाहलाई बाधा पार्दछ।’


विधेयकले प्रेस काउन्सिलको सट्टा मिडिया काउन्सिल प्रस्ताव गरेको छ।