नेपालस्थित इजरायली दूतावासमा खटिएका असईद्वारा आत्महत्या

नेपालस्थित इजरायली दूतावासमा खटिएका असईद्वारा आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित इजरायली दूतावासको सुरक्षामा खटिएका पहरा गणका नेपाल प्रहरी सहायक निरीक्षक अनुपराज थापाले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

लाजिम्पाटस्थित दूतावासमा रहेको आफ्नै कोठामा थापाले पेस्तोल हानी आत्महत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको छ।
महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लले घटनाको पुष्टि गर्दै अहिले मुचुल्का उठाउने कार्य भईरहेको बताए ।