प्रदेश सांसद लामाले स्वास्थ्य चौकीलाई दिए एम्बुलेन्स

प्रदेश सांसद लामाले स्वास्थ्य चौकीलाई दिए एम्बुलेन्स


कंचनपुर – नेकपा संसदिय दलको सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ्गले स्वास्थ्य चौकिमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । कंचनपुर क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सांसदमा निर्वाचित लामाले निर्वाचन पुर्वाधार बिकास कार्यक्रअन्र्तगत उक्त एम्बुलेन्स पुर्नबास नगरपालिका ९ स्थित परासन स्वास्थ्य चौकिमा हस्तान्तरण गरेका हुन् ।

परासनको स्वास्थ्य चौकीमा एम्बुलेन्स आएपछि स्थानिय बासिन्दाले खुसी व्यक्त गरेका छन् । एम्बुलेन्स भएपछि बिरामीलाई धनगढी र महेन्द्रनगर उपचारमा जान सहज हुनेछ ।उक्त कार्यक्रममा पुर्नबासका मेयर जिवन थापा र उपमेयर शारदा विष्ट समेत सहभागी थिईन् ।