काठमाण्डु – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालेकोट पुगेकी छन् ।
आज बिहान काठमाण्डु पुगेकी सुमारले सबैभन्दा पहिला अध्यक्ष ओलीसँग भेट गरेकी हुन् । चारदिने भ्रमणका लागि नेपाल आएकी सुमारले नेपालमा एमसीसी कार्यान्वयनको वातावरण बनाउन सबैजसो दलका नेताहरूसँग भेट्ने कार्यक्रम तय गरेकी छिन् ।
नेपालमा एमसीसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।




प्रतिक्रिया