काठमाण्डु – अमेरिकाले नेपाललाई संविधान दिवसको शुभकामना दिएको छ । साथै अमेरिकाले आगामी निर्वाचनमार्फत लोकतान्त्रिक समाधान हासिल गर्नु अपरिहार्य रहेको बताएको छ ।
दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ ।
साथै देशको संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने अमेरिकाले स्पष्ट पारेको छ ।
संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्याउने कार्यमा नेपालको साथमा घनिष्ठ सहकार्यलाई निरन्तरता दिन उत्सुक छौं ।’
नेपालका जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल पार्ने र सबैको समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्यको हकदार रहेको अमेरिकाले जनाएको छ ।
विज्ञप्तिमा अमेरिकाले पारदर्शी सरकारप्रति नेपाली जनताको आकांक्षालाई समर्थन गर्ने पनि उल्लेख गरेको छ । ‘हालैका प्रदर्शनमा ज्यान गुमाउनेहरूको आत्माको चीरशान्तिको कामना गर्दै हामी शोक व्यक्त गर्छौं र घाइते तथा मृतकका परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल बनाउने र सबैका लागि समृद्धि प्रवर्द्धन गर्ने आशापूर्ण भविष्य पाउन योग्य छन् ।’
साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात तथा ऊर्जा पूर्वाधारको विस्तारलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल पार्ने र अमेरिकी कम्पनीहरूका लागि व्यवसायिक अवसरहरू सिर्जना गर्ने उनले विश्वास समेत व्यक्त गरेका छन् ।
विदेशमन्त्री रुबियोले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
‘एमसीसी सम्झौताले नेपालको यातायात र ऊर्जा पूर्वाधार विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल बनाउने र अमेरिकी कम्पनीहरूको लागि व्यापारिक अवसरहरू सिर्जना गर्नेछु, विज्ञप्तिमा भनिएको छ ।
अन्तिममा दक्षिण एसियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा विश्वलाई अझ सुरक्षित बनाउन दुई देशबीच निकट सहकार्यको निरन्तरताप्रति आफूहरू उत्साहित रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया