अमेरिकामा श्रीमद्भभागवत महायज्ञ हुने

अमेरिकामा श्रीमद्भभागवत महायज्ञ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायले श्रीमद्भभागवत कथा वाचन कार्यक्रम आयोजना गर्ने भएको छ । क्रियापुत्री भवन तथा बौद्ध धर्मावलम्बीहरूका लागि गुम्बा निर्माण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिने भएको छ ।

‘हामी नेपाली इन्टरनेशनल’ को आयोजना तथा ‘रिभिल इभेन्ट्स आईएनसी’ को सहकार्यमा न्यूयोर्कको वुडसाइडस्थित श्री दिव्यधाम मन्दिरमा यो कार्यक्रम हुन लागेको हो । भोली शुक्रबार मे १५ देखि १७ सम्म सञ्चालन हुने सो कार्यक्रममा कथावाचिका देवी प्रतिभाले वैदिक ज्ञानमय कथा वाचन गर्नेछिन् ।

कार्यक्रमका आयोजक केन्द्रीय अध्यक्ष नवराज केसीले भवन र गुम्बा निर्माणका लागि आवश्यक स्रोत जुटाउन यो महायज्ञ आयोजना गरिएको जानकारी दिए। साथै उनेले न्युयोर्कमा बसोबास गर्ने सम्पुर्ण नेपाली तथा अन्य समुदायलाई कथा श्रवणका लागि निमन्त्रणा गरेको पनि केसीले बताए ।

श्रीमद्भागवतमा देवी प्रतिभाले वैदिक ज्ञानमय कथा वाचन गर्ने हामी नेपाली इन्टरनेशनलका महासचिव सूर्य सिम्खडाले जानकारी दिए । श्रीमद्भभागवतको सबै तयारी पुरा भईसकेको पनि जानकारी दिए ।