विदेशी विद्यार्थीका लागि ‘वर्क नर्म’ कडाइ गर्दै अमेरिका

विदेशी विद्यार्थीका लागि ‘वर्क नर्म’ कडाइ गर्दै अमेरिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा विदेशी विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ । यसमा चिनियाँ, भारतीय र नेपालीको संख्यामा पनि ठूलै परिमाणमा वृद्धि भइरहेको छ । तर नयाँ समाचार उनीहरुलाई खुसी पार्ने खालको छैन ।

विगतका केही समयदेखि लगातार एचवान–बी भिसाको विषयलाई लिएर खिचातानी चलिरहेको छ । यसपछि अब ट्रम्प प्रशासनले विदेशी विद्यार्थीका लागि अप्सनल प्राक्टिकल ट्रेनिङ कार्यक्रमलाई लिएर आगामी वर्ष नियम कडा बनाउने तयारी गरिरहेको छ ।

यो कार्यक्रमले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा आफ्नो डिग्री पुरा गरेपछि अमेरिकामै काम गर्ने अवसर दिन्छ । यसमा विद्यार्थी ओपीटीका अनुसार दुई वर्ष सम्म विस्तारका लागि आवेदन गर्न सक्नेछन् र यसमा उनीहरुलाई ३ वर्ष सम्म कामको अनुभव दिन्छ । तर ओपीटी विद्यार्थीले सस्तो श्रम दिएर अमेरिकी रोजगारी खोस्नेछन् ।

अमेरिकी सरकारले हालैमा आएको फल एजेन्डामा भनेको छ, ‘अमेरिकी इमिग्रेसन तथा कस्टम इन्फोर्समेन्ट नन–इमिग्रेन्ट स्टुडेन्ट, जो एम तथा एफ भिसामा आउछन्, उनीहरुका लागि उपलव्ध पीटीओ तथा वर्तमान नियमलाई संशोधन गर्छ ।’