अमेरिकाको कोलोराडोमा गोली चल्दा प्रहरीसहित १० जनाको मृत्यु

अमेरिकाको कोलोराडोमा गोली चल्दा प्रहरीसहित १० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

स्थानिय समयअनुसार सोमबार दिउँसो एउटा सुपरमार्केटमा गोली चलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

समाचार संस्था सीएनएनका अनुसार बोल्डर प्रहरी प्रमुख म्यारिस हेरोल्डले प्रहरी अधिकृत एरिक टेलीको पनि गोली लागि मृत्यु भएको बताएका छन् ।

प्रहरीले उक्त घटनाको पछाडि कसको हात छ भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएको छ । त्यस्तै प्रहरीले गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।