अफगानिस्तानः अमेरिकाद्धारा गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन निर्देशन

अफगानिस्तानः अमेरिकाद्धारा गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्याउने जनाएको हो ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्। आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको जानकारी दिएका थिए ।

काबुल विमानस्थल बाहिर हजारौँ मानीस लामबद्ध भइरहँदा कम्तीमा २० जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । अघिल्लो हप्ता अमेरिकाले २८ हजार जनाको उद्धार गरेको थियो ।