आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थल छोड्न अमेरिकाकाे निर्देशन

आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थल छोड्न अमेरिकाकाे निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थलको गेट छोड्न निर्देशन दिएको छ । शनिबार अमेरिकाले जवाफी हमलामा इस्लामिक स्टेटविरुद्ध ड्रोन आक्रमण गरेपछि सुरक्षा खतराको कारण देखाउँदै आफ्ना नागरिकलाई तत्काल विमानस्थल छोड्न निर्देशन दिएको हो ।

काबुल विमानस्थलमा भएको आक्रमणविरुद्ध अमेरिकी सेनाले शनिबार पुन जवाफी अपरेसन सुरु गर्ने योजना बनाएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।  अमेरिकाले शुक्रबार गरेको जवाफी हमलामा काबुल विमानस्थल बम विस्फोटका मुख्य योजनाकार मारिएका छन् ।

अमेरिकाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा गरेको सो हमलामा ड्रोन प्रयोग गरेको थियो भने सो हमलामा स्लामिक स्टेटका सदस्यलाई मारेको जनाइएको छ ।  बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो । सो घटना आईएसआईएस के समुहले गरेको भन्ने खुलेको छ ।