कुनै समय सर्वश्रेष्ठ रहेको अमेरिकी प्रभाव ट्रम्प मातहतमा घट्दै


एजेन्सी – नेटोको शभा कक्षमा कानेखुसी गरियो र चीनको ‘हल्स अफ पावर’ मा खुसी मनाइयो । यसलाई अमेरिकी गठबन्धनका मुलुकको राजधानीमा दुःख मानियो भने क्रेमलिनमा स्वागत गरियो ।

डोनाल्ड ट्रम्पको राष्ट्रपतिकालमा अमेरिकाको विश्वव्यापी प्रभाव पातलिएको छ । एक अन्तर्वार्तामा विभिन्न मुलुकका कुटनीतिज्ञ, विदेशी अधिकारी र विद्वानहरुले विश्वव्यापी अर्डरमा परिवर्तन आएको र यसमा अमेरिकाको केन्द्रीय भूमिका कम भएको स्वीकार गरेका छन् ।
कतिपय अवस्थामा यो ह्वाइट हाउसका लागि मात्रै राम्रो हो । ट्रम्पले अमेरिका पहिलो नीतिको अभियान संचालन गर्दैै आएका छन् । उनले बलियो अमेरिकाको अर्थ बलियो विश्व भएको विषयको पनि वकालत गर्दै आएका छन् ।

“भविष्य विश्वव्यापीकरणको वकालत गर्नेको हातमा छैन,” ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बरमा भनेका थिए । उनले भविष्य राष्ट्रवादीहरुको हातमा रहेको पनि बताउदै आएका छन् । द्विपक्षिय सम्बन्धका लागि आफूले विश्वव्यापीकरणलाई छोड्ने र यो अमेरिकाका लागि फाइदाजनक भएको विषयमा जोड दिएका छन् ।  तर यसको संकेत थोरै मात्र रहेको छ ।

यसको सट्टा कुनै समय नजिकका मित्र रहेका फ्रान्स, इजिप्ट, पाकिस्तान, अफगानिस्तान, मेक्सिको, टर्की, जर्मनश्र र अन्य धेरै विगत ३ वर्षको अवधिमा वासिङटनसँग टाढिएका छन् । कहिलेकाहीँ यो शान्त जस्तो लाग्छ । हालै भएको नेटोको सम्मेलनमा बकिङघम प्यालेसको आतिथ्यमा क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पलाई गिज्याएका दृश्य एक टिभी क्यामेरामा कैद भएको देखिएको थियो । ट्रुडोले आफ्नो शब्दलाई तत्कालै सच्याए । उनले ट्रम्प र आफ्नो राम्रो र रचनात्मक सम्बन्ध भएको बताए । तर फुटेजले अमेरिका र गठबनधनबीचको बढ्दो विभाजन देखाएका छ ।

याहाँ ठूलो परिवर्तन देखिएको छ । पुस्तौसम्म अमेरिकाले आफूलाई विश्वको केन्द्रको रुपमा उभ्याउन सफल भएको थियो । राम्रो वा खराब जसका लागि भएपनि विश्वका धेरैजसो मुलुकले अमेरिकालाई प्रकाण्ड साम्राज्यको रुपम हेरेका छन् । उनीहरु अमेरिकालाई सम्मान गर्ने, उसँग डराउने, र कुनै पनि कुराको समाधानका लागि उसत तर्फ मोडिने अवस्थामा थिएन ।

अझैपनि निश्चिन्त हुनुहोस् कि अमेरिका विश्वशक्ति हो । तर यो मुलुककाृे पातलिएको प्रभावले भूराजनीतिक नक्सा पुनः छापिनभएका छ । यसले वासिङटनका दुई सर्वा्धिक सत्रु मुलुकहरु रुस र चीनले धेरै मुलुकमा आफ्नो प्रभाव विस्तार गरेका छन् । जाहाँ उनीहरुलाई शंकाको रुपमा हेर्ने गरिन्थ्यो । उनीहरुले अमेरिकालाई के लामो अवधिको मित्रको रुपमा हेरेका छन् ? कतिपय गठबन्धनका लागि अन्यत्र मोडिएका छन् । यो साच्चै हो कि उनीहरुले मित्रताका लागि चीन तथा रुसलाई छान्न थालेका छन् ।

कुनै बेला अमेरिकाको मुख्य मित्र रहेको पाकिस्तानले पनि रुसबाट सैन्य सहयोग र तालिम प्राप्त गर्न थालेको छ र लगानीका लागि चीनबाट अर्बौ डलरको सहयोग लिन थालेको छ । साउथ चाइना सीमा चीनको विस्तारका बावजुद फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले बेइजिङसँग नजिकको सम्बन्ध बनाएका छन् ।

मध्यपूर्वमा पनि कायरोल रुसी सैन्य जहाजलाई आफ्नौ आधार प्रयोग गर्न दिएको छ भने दुई मुलुकले संयुक्त हवाई अभ्यास पनि गरेका छन् । युक्रेन पनि रुससँग नजिकिने प्रयासमा लागि परेको छ । “एक पटक युरोपमा अमेरिकी भूमिका कमजोर भएसँगै अकाट्य रुपमा रुसको प्रभाव बढ्नेछ,” किभमा रहेको ग्लोबल स्ट्राटेजीका प्रमुख भादिम कारासेभले बताए ।

जर्ज वासिङटनको पालादेखिदै अमेरिकाको मित्र रहेको फ्रान्स पनि युरोपले बेइजिङतर्फ मोडिनु पर्ने समय आएको बताउन थालेको छ ।
यसरी ससर्ती हेर्दा विश्वका कुनै पनि भू–भागमा अमेरिकी प्रभाव पहिलेको तुलनामा पातलिन थालेको देखिन्छ । अफ्रिकामा पहिलेदेखिनै चिनियाँ प्रभाव रहदै आएको छ । तर अमेरिकी मित्रका रुपमा चिनिदै आएका युरोपका मुलुकदेखि एसियाका अन्य मुलुक पनि रुस र चीनतर्फ मोडिन थालेका छन् । यो सबै ट्रम्पका कारणनै भएकोमा कुनै दुईमत छैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Advertisement