मन्त्री चौधरीकाे अमेरिका भ्रमण स्थगित

मन्त्री चौधरीकाे अमेरिका भ्रमण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमणमा नजाने भएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल नै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण स्थगन गरिएको हो । मन्त्री चौधरी  नगएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरेको छ।

संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा हुन लागेको ‘कमिसन अन दि स्टाटस अफ वुमन’को ६८ओैँ सत्रमा भाग लिन मन्त्री चौधरी जाने तय भएको थियो। भ्रमणका लागि मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति पनि दिएको थियो।