अमेरिकामा ट्रकको ठक्करबाट स्कुल हिडेका नेपाली बालक श्रीजन त्रिपाठीको मृत्यु

अमेरिकामा ट्रकको ठक्करबाट स्कुल हिडेका नेपाली बालक श्रीजन त्रिपाठीको मृत्यु


काठमाडौं – फोहोर बाक्ने ट्रकले ठक्कर दिँदा अमेरिकामा एक १० वर्षिय नेपाली बालकको ज्यान गएको छ ।

अमेरिकाको कोरोनामा रहेको लेफ्राक सिटी अपार्टमेन्ट बाहिर ९७औँ सेन्टनजिकै ५७औँ एभेमा आमासँगै स्कुल हिडेका श्रीजन त्रिपाठीको मृत्यु भएको मिडियाहरुले जनाएका छन् ।

बिहान ७ बजे भएको दुर्घटनामा श्रीजनकी आमा मिना पन्थी घाइते भएकी घटनाका प्रत्यक्षदर्शी प्रकाश तुलाधरलाई उदृत गर्दै न्युयोर्क डेली न्युजले जनाएको छ ।

श्रीजन र उनकी आमालाई एल्महर्स्ट अस्पतालमा लगिएको थियो । तर अस्पतालमा पुर्याएको चार घण्टापछि श्रीजनको मृत्यु भएको डेली न्युजले उल्लेख गरेको छ । गैरआवासीय नेपाली संघ न्युयोर्कका अध्यक्ष रामहरी अधिकारीले घटनाले परिवारलाई ठूलो क्षति पुगेको बताए ।