काठमाण्डु – अमेरिकाले प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । अमेरिकी राजदूत डिन आर थम्पसनले सामाजिक संजालमार्फत दाहाललाई बधाई दिएका हुन् ।
अमेरिकाले नयां सरकारसंग मिलेर काम गर्न आतुर रहेको जनाएको छ । थम्पसनले नेपाल र अमेरिका बीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका नयां सरकारसंग उभिने बताएका छन् ।
विज्ञप्तिमा नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका देशहरूका लागि उदाहरण रहेको भन्दै नेपालको लोकतन्त्रमा संलग्न सबैलाई अमेरिकाले प्रशंसा गर्ने पनि जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेसंगै छिमेकी मुलुकबाट बधाई दिने क्रम सुरु भएको हो । दाहाललाई भारतीय राजदूत र चिनियां दूतावासले बधाई दिइसकेको छ ।




प्रतिक्रिया