महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनप्रति विश्वास घट्दो : सर्वेक्षण

महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनप्रति विश्वास घट्दो : सर्वेक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति जो बाइडेनले कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको मङ्गलबार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ ।

अक्टोबर २२–२५ मा गरिएको एक्सिओस इपोस सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताहरूले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमश कमी आउँदै गएको टिप्पणी गरेका छन् ।

आधिकारिक तथ्याङ्कले सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म मुद्रास्फीति ५.४ प्रतिशतले बढेको देखाएको छ जसले वस्तु र सेवाहरूमा मूल्यवृद्धि गरेको छ ।

विश्लेषकहरूका अनुसार विभिन्न आपूर्ति शृङ्खलाका अवरोधहरू, उच्च बेरोजगारी, र बढ्दो मुद्रास्फीतिबाट ग्रस्त अर्थव्यवस्थालाई बचाउन बाइडेन प्रशासनले लामो यात्रा तय गर्नुपर्ने देखिन्छ ।