एसियाका धनाढ्यले दिए अमेरिकालाई ५ लाख टेस्टिङ किट र १० लाख मास्क

एसियाका धनाढ्यले दिए अमेरिकालाई ५ लाख टेस्टिङ किट र १० लाख मास्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – फोब्र्सका अनुसार एसियाका सबैभन्दा धनी भएका अलिबाबाका संस्थापक ज्याक माले अमेरिकालाई ५ लाख टेस्टिङ किट र १० लाख मास्क सहयोग अमेरिका पठाएका छन् ।

उनले यसको ट्वीट पनि गरेका छन् । सोमबार बिहान चीनको सांघाईमा ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमा राख्न लागिएको तस्बिर उनले ट्वीट गरेका हुन् ।

‘कोरोना भाइरस परीक्षण गर्ने किट र मास्क बोकेको जहाज सांघाईबाट उड्दैछ । हाम्रा अमेरिकी साथीहरूलाई अल द बेस्ट,’ उनको ट्वीटमा उल्लेख छ । उनले यसको जानकारी दिनका लागि आजैमात्र ट्वीटरमा खाता खोलेका हुन् ।

उनको ट्वीटको रिट्विट गर्दै ट्वीटरका सिइओ ज्याक डोर्सेले नयाँ प्लेटफर्ममा स्वागत गरेका छन् । हालसालै खोलिएको उनको खातालाई २ दुई २३ हजार मानिसले फलो गरेका छन् ।

ज्याक मा फाउन्डेसनले कोरोना भाइरससँग लडिरहेका अरू मुलुकलाई पनि सहयोग गर्ने उल्लेख गरेको छ ।