एजेन्सी – चिनियाँ आयातकर्ताले गत साता २० कार्गो ब्रजिलिन भटमास खरिद गरेको व्यापारीहरुले बताएको रोयटर्सले जनाएको छ ।
परम्परागत आपूर्तिकर्ता अमरिकासँगको व्यापार सम्झौताप्रतिको अनिश्चितताका कारण चिनियाँ आयातकर्ताले अमेरिकी सट्टा ब्राजिलियन भटमास खरिद गरेका हुन् । नयाँ बाली भित्रिने अर्को वर्षको सुरुमा यो खरिदको आपूर्ति हुने व्यापारीहरुले बतएका छन् ।
केही अमेरिकी र अर्जेन्टिनी कार्गो पनि बुक गरिने गत सातानै चिनियाँ व्यापारी मध्येका केहीले बताएका छन् । “ब्राजिलबाट गरिने खरिद सम्भवतः बचाउको कारण हुन सक्छ । अमेरिकी आपूर्तिमा प्रसस्त मात्रामा अनिश्चितता रहेको छ । त्यसैले ब्राजिलबाट खरिद गर्नु राम्रो बिचार हुन सक्छ,”आइएनटीएल एफसीस्टोनका वरिष्ठ एसिया बस्तु विश्लेषक डारिन फ्रेडरिचले बताए ।
चीन विश्वकै ठूलो भटमास आयातकर्ता र उपभोक्ता मुलुक हो । उसले अमेरिकासँगको व्यापार युद्ध सुरु हुनु पहिले अमेरिकी भटमास निर्यातको आधा भन्दा बढी एक्लैले खरिद गर्दै आएको थियो ।
वार्षिक मापनका आधारमा अमेरिकाबाट भएको भटमासको ढुवानी सेप्टेम्बरमा ८० प्रतिशत भन्दा बढीले खुम्चिएको छ । गत वर्ष अमेरिकाले चीनमा गरेको भटमासको आपूर्ति १२ देखि १४ डलर रहेको थियो । चीनलाई आफ्ना पाल्तु जनावरलाई खुवाउनका लागि भटमासको आवश्यकता पर्दै आएको छ । यो मुलुकमा झन्डै ४० करोड सुंगुर पालिने गरिन्छ ।




प्रतिक्रिया