काठमाडौं – अमेरिकामा तीन कार एकापसमा ठोक्किँदा नेपाली मूलका दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति १० बजे आहायोस्थित मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका थिए । जसमा अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ भने २२ वर्षीय सृजना विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा कुमारी र अञ्जु आमाछोरी दुर्घटना परी मृत्यु भएको भन्दै समवेदना प्रकट गरेपछि घटनाबारे जानकारी भएको हो । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।




प्रतिक्रिया