अमेरिकाकाे चाहना : नेपाल कतै नढल्कियोस्

अमेरिकाकाे चाहना : नेपाल कतै नढल्कियोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपा चिनियाँ पार्टीको विचारधारामा प्रभावित भई चीनतिर ढल्केको भन्ने सन्देश गइरहेका बेला अमेरिकाले नेपाललाई कुनै मुलुकको पक्षतिर नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, सांसद, उद्यमी र सञ्चारकर्मीमाझ भने, ‘हामी नेपालको पुरानो मित्र हौं। नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं।’

इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले भने, ‘नेपालमा कतिपय विषयमा मिस अन्डरस्ट्यान्डिङ (गलत बुझाइ) छ। हामी यस्ता विषयलाई चिर्न चाहन्छौं।’

अमेरिकाले अघि सारेको हिन्द-प्रशान्त रणनीति (इन्डो-प्यासिफिक स्ट्राटेजी-आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकाले अघि सारेको नीति भएको बताए। ‘अमेरिकी नीतिलाई सबैले स्वीकार गर्नपर्छ भन्ने छैन, तर त्यही दृष्टिकोण (एप्रोच) मा अमेरिकाले काम अघि बढाउँछ र सहकार्य गर्छ,’ उनले भने, ‘सबै मुलुकको आआफ्ना नीति हुन्छन्। यही नीतिबीचमा मिलेर नै सहकार्य गर्ने हो।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।