अमेरिकी कम्पनीलाई चीनमा आम्दानी गर्न कठिनाई

अमेरिकी कम्पनीलाई चीनमा आम्दानी गर्न कठिनाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनमा रहेका अमेरिकी कम्पनीहरुलाई विभिन्न कारणले आम्दानी गर्न कठिनाई हुन थालेको छ ।

बेइजिङमा रहेका अमेरिकन चेम्बर अफ कमर्श इन चाइनाका धेरै सदस्यहरुले चीनमा आम्दानी कम हुन थालेको बताएका छन् । चिनियाँ सरकारको पछिल्लो प्रयासका बावजुद केही निश्चित उद्योगहरुका लागि बजार पहुँच मुद्धा भएको गत वर्ष संचालन गरिएको र मंगलबार प्रकाशित गरिएको सर्भेले देखाएको छ ।

“अमेरिकी कम्पनीहरु उच्च रुपमा प्रतिस्पर्धी हुनुपर्ने भनि मानिएका प्रविधि क्षेत्रका आधा भन्दा बढी  सहकर्मीले आफुहरुलाई पक्षपातपूर्ण तरिकाले व्यवहार गरिएको बताएका छन् ।” रिपोर्टमा भनिएको छ । यसमा ३७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

“अमेरिकासँगको बजार खुल्ला गरिएमा आधा भन्दा बढी सदस्यले चीनमा लगानी बढाउनु पर्ने छ,” रिपोर्टमा भनिएको छ । जनवरीमा अमेरिका–चीनले पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि १८ महिनाको व्यापार तनाव कम हुनु भन्दा पहिला यो सर्भे संचालन गरिएको थियो । चीनमा कोरोनाभाइरस सुरु हुनुभन्दा पहिलेनै यो सर्भे गरिएको थियो ।

आधिकारिक रुपमा यो कोभिड–१९ नाम दिइएको भाइरस हाल १०० भन्दा बढी मुलुकमा देखा परिसकेको छ । यसमा अमेरिका र युरोप पनि समावेश छन् । भाइरसको त्रासका कारण विश्वव्यापी आर्थिक वृद्धिमा असर परेको छ भने विश्वव्यापी बजार पनि ओरालो लागेको छ ।