बिग्रदै चीन-अमेरिका सम्बन्ध, हङकङलाई दिएको विशेष दर्जा फिर्ता गर्ने अमेरिकाको घोषणा


एजेन्सी –  अमेरिकाले चीनले हस्तक्षेप गर्न खोजेको भन्दै हङकङलाई दिएको वित्तिय तथा व्यापारको ग्लोबल हबको विशेष दर्जा फिर्ता लिएको जनाएको छ । यसवाट अमेरिकी व्यापार मात्र होईन चीन र अमेरिकाको सम्बन्धमा समेत गम्भिर असर पर्ने वताइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हङकङलाई जुन आधारमा यो सुविधा मिलेको थियो त्यो अव नरहने स्पष्ट पारेका छन् । उनले चीनले हङकङको स्वायत्तता र स्वतन्त्रता सक्न लागेको आरोप समेत लगाए । दुवै देशबीच अरबौ डलरको व्यापारीक सम्बन्ध रहंदै आएको छ ।

उनले हङकङलाई लिएर चीनले ल्याएको नयां सुरक्षा कानूनको विरोध समेत जनाएका । उक्त कानुनको विरोधमा हङकङको सडकमा विरोध भइरहेको र लोकतन्त्र समर्थकले त्यहा आन्दोलन गरिरहेको उनको भनाई छ । चीन समर्थित प्रहरीले आन्दोलनकारीमाथी दमन समेत गरिरहेको विदेशमन्त्री पोम्पियोले आरोप लगाए ।

हङकङमा नयां सुरक्षा कानून लगाएर चीन आफ्नो पकड मजवुत गर्न खोजिरहेको छ । चीनले ल्याएको कानुनको हङकङमा विरोध भएपनि कानून लागुभएसंगै त्यहा विरोध प्रर्दशन गर्न सजिलो हुने छैन् । त्यतिमात्र होईन सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने उनिहरुले बताउंदै आएका छन् ।
सो कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको प्रदर्शनकारीहरुले आरोप लगाउंदै आएका छन् ।

अमेरिकी विदेश पोम्पेओले अमेरिकी कानून अनुसार हङकङ अब विशेष व्यवहार वा सहयोगको योग्य नरहेको बताएपछि चीन र अमेरिकाको सम्बन्धमा चिसोपना सुरु भएको छ । चीनले सुरक्षा सम्बन्धी नयां कानून ल्याउने घोषणा गरेदेखि नै अमेरिकाले त्यसको विरोध गर्दै आएको छ ।

कंग्रेसमा विदेश मन्त्री पोम्पेओले अमेरिकाले हङकङमाथि कायम राख्दै आएको विशेष व्यवहार अब कानून अनुसार उपयुक्त नरहेको टिप्पणी गरे ।

विदेश मन्त्री पोम्पेओले वक्तव्यमा भनेका छन्, ‘बुझेको कुनै पनि व्यक्तिले अहिले यो भन्न सक्दैन कि हङकङ चीनबाट स्वायत्त छ, त्यहांको वास्तविकता यहि नै हो,चीनले ल्र्याको नयां कानुनअनुसार त्यहांको स्वयत्तता र स्वतन्त्रता आधारभूत रुपमै कुठित छ ।’

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएको थियो । हङकङलाई चीनले आफ्नो हिस्सा रहेको दावी गर्दै आएको छ । त्यहा उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ ।

हङकङको विषयलाई लिएर अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको भर्चूअल वैठक बोलाउन माग गरेको छ । हङकङलाई लिएर चीनले ल्याएको नयां सुरक्षा कानूनको विषय विश्वको नै चांसोको विषय रहेको भन्दै वैठक बोलाउन अमेरिकाले माग गरेपनि चीनले भने त्यसलाई अस्विकार गरेको छ । अमेरिकाले यसवाट पनि चिनियां कम्युनिष्ट पार्टी पारदर्शीता र अन्र्तराष्ट्रिय जगतप्रती जवाफदेही नभएको र डराएको स्पष्ट भएको आरोप लगाएको छ ।

राष्ट्रसंघका लागी चिनियां दूत झांग जुनले हङकङमा नयां सुरक्षा कानूनको विषय चीनको विशुद्ध आन्तरिक मामला भएको र यो सुरक्षा परिषदको क्षेत्राअधिकार भित्र नपर्ने स्पष्ट पारेका छन् । उनले अमेरिका विश्वमा समस्या सिर्जना गर्ने मुलुकका रुपमा चिनिएको आरोप समेत लगाए ।

‘हङकङ प्रकरणपछि अमेरिका विश्वमा सधैं समस्या सिर्जना गर्ने मुलुक हो भन्ने कुरा प्रमाणित भएको । उसले आफ्नै प्रतिवद्धता र अन्र्तराष्ट्रीय कानुनको समेत उंल्लघन गर्दै आएको छ ।’ चिनियां दूत जुनले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement