एजेन्सी – बेइजिङ र वाशिंगटनबीच सम्बन्ध बिग्रिएपछि संयुक्त राज्य अमेरिकाले चीनको चेङ्दूमा रहेको वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रूपमा बन्द गरेको छ ।
सोमबार बिहानै उक्त भवनमा रहेको अमेरिकी झण्डा तल झारिएको छ । चिनियाँ सञ्चार माध्यमकाअनुसार दूतावास बन्द भएपछि त्यहाँ रहेका कर्मचारीहरुलाई हटाइएको छ ।
चीनले अमेरिकाको टेक्सासको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई अमेरिकी–चिनियाँ जासूस अभियानमा संलग्न भएको दाबी गर्दै कारवाही रोक्न निर्देशन दिएपछि अमेरिकी दूतावासलाई शुक्रबार बन्द गर्न आदेश दिएको थियो ।
गत हप्ता ह्युस्टनमा अमेरिकाले चिनियाँ दूतावास बन्द गरेको ७२ घण्टाभित्र चेङ्दू मिशन बन्द गर्न समयसीमा दिएको थियो ।
चीनको ७२ घण्टे अल्टिमेटम सकिएपछि चिनियाँ विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै चेङ्दू वाणिज्य दूतावास बिहान १० बजे बन्द भएको औपचारिक घोषणा गरेको हो । १० बजे चिनियाँ अधिकारीहरू मुख्य प्रवेशद्वारबाट भित्र पसेका थिए ।
सोमबार बिहान सयौं चिनियाँ नागरिक अमेरिकी दूतावास बाहिर जम्मा भएका थिए । उनीहरुले त्यहाँ सेल्फी लिए र चिनियाँ झण्डा फहराएका थिए । भने अमेरिकी दूतावासका कर्मचारीहरु गाडी चढेर बाहिरिएका थिए ।

कामदारहरुले शनिबारबाटै अमेरिकी दूतावास बाहिर बोर्डहरु हटाएका थिए । उनीहरुले दूतावास बन्द हुने तयारीमा रहेको समयमा सामानहरु कन्टेनरमा लोड गरिरहेका थिए ।
चीनको दक्षिणपश्चिमा सिचुआन प्रान्तको राजधानी चेङ्गदू अमेरिकाका लागि महत्वपूर्ण कूटनीतिक क्षेत्र थियो । यसले तिब्बती विवादास्पद स्वायत्त क्षेत्रलगायत देशको ठूलो हिस्सा ओगटेको थियो ।
सोमबार बिहान चीनको अमेरिकी मिशनले ट्विटरमा पोस्ट गरेको एउटा भिडियोमा तिब्बत जस्ता कूटनीतिक नियोगले ओगटेको क्षेत्रहरूको सूची बनाउनु अघि सन १९८५ मा तत्कालीन उपराष्ट्रपति जर्ज बुशले खोलेको चेङ्गदू कन्सुलेटका तस्बीरहरु थिए ।
‘आज हामी चेङ्गदूस्थित अमेरिकी वाणिज्य दूतावासलाई बिदाई गरेका छौं । हामी सँधै याद गर्नेछौं’, ट्वीटरमा भनिएको छ ।
अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धले थप तनाव निम्त्याएको छ । पछिल्ला दुई हप्तामा सम्बन्ध झनै बिग्रिएको छ । पारस्परिक वाणिज्य दूतावास बन्द भएपछि र सिंगापुरका नागरिकले अमेरिकामा बेइजिङका लागि जासुस गरेपछि अवस्था झनै बिग्रिएको हो ।
विज्ञहरुले कूटनीतिक सम्बन्ध कटौती गरेपछि दुवै देशका लागि घातक हुने चेतावनी दिएका छन् । उनीहरुले यस्तो व्यवहारले थप खतरा निम्त्याउने बताएका छन् ।
‘कूटनीतिक सम्बन्ध बिगारेर दुवै देशलाई घातक हुनेछ । यस्तो तनावपूर्ण अवस्थाले युद्ध निम्त्याउने खतरा छ । यसमा दुवै देशले संयमता अपनाएर अगाडि बढ्नु उचित हुनेछ’, एक विज्ञले भने ।




प्रतिक्रिया