नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको  खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकाले नेपालसहित अन्य १६ वटा एसियाली मुलुकलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप उपलब्ध गराउने भएको छ । साथै उक्त खोप जुनसम्ममा वितरण गरिसक्ने बताइएको छ ।

ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।

त्यस्तै खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई धन्यवाद दिएका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री अ‍ोलीले उक्त सहयोगको घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने बताएका छन् ।