अमेरिकामा नेपाली युवतीकाे गोली हानी हत्या

अमेरिकामा नेपाली युवतीकाे गोली हानी हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकामा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानि हत्या गरिएको छ ।

नेपालको भोजपुर घर भएकी उनको सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा शव फेला परेको हो ।

ह्युस्टन प्रहरीका अनुसार उनको छातीमा गोली लागेको अवस्थामा फेला परेकी छिन् ।

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।

हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।