अमेरिकामा गोलीकाण्ड, चारको मृत्यु


वासिङटन–अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो ।

‘सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,’ ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले बताए ।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए ।

आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement